नियम २९
सरुवा सम्बन्धी व्यवस्था
(१) देहायका सैनिक व्यक्तिलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछः–
(क) महासेनानीदेखि रथीसम्म प्रधानसेनापतिको सिफारिसमा नेपाल सरकार,
(ख) सहायक सेनानीदेखि प्रमुख सेनानीसम्म प्रधान सेनापति,
(ग) फलोअर्सदेखि पदिक दर्जासम्म सम्बन्धित प्रमुखको सिफारिसमा सैनिक संगठन निदेशनालय ।
(२) उपनियम (१) बमोजिम सरुवा गर्ने अधिकार प्राप्त अधिकारीले आवश्यकता अनुसार अन्य निकाय वा पदाधिकारीलाई सो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
(३) सैनिक व्यक्ति कार्यरत रहेको सम्बन्धित निकाय वा कार्यालय प्रमुखले सरुवाको सिफारिस गर्न सक्नेछ र त्यस्तो सिफारिस गर्दा सरुवा गर्नु पर्ने स्पष्ट आधार खुलाउनु पर्नेछ ।
(४) सरुवाको निर्णयका लागि मन्त्रालयमा सिफारिस पठाउँदा सरुवा गर्नुपर्ने स्पष्ट आधार खुलाई अनुसूची – ५ अनुसारको फाराम समेत भरि पठाउनु पर्नेछ ।